काठमाडौँ – शताब्दी पुरूष सत्यमोहन जोशीको स्वास्थ्य अवस्थामा पुनः समस्या देखिएको छ। किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालका अनुसार जोशीको शरीरमा अक्सिजनको मात्रा घटेपछि आईसीयूमा राखेर थप उपचार थालिएको अस्पतालले जनाएकाे छ। स्वास्थ्य अवस्थामा केही सुधार भएपछि बुधबार उनलाई आईसीयूबाट क्याबिनमा सारिएको थियो। आज फेरि स्वास्थ्यमा गडबड भएर क्याबिनबाट आईसीयूमा सारिएको हो। अहिले जोशीलाई प्रतिमिनेट […]