मेगा बैंकद्वारा नेपाल प्रहरीलाई २ हजार थान पकेट नोट बुक सहयोग

वैशाख १७, काठमाडौं । मेगा बैंक नेपालले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शुक्रवार प्रहरीलाई २ हजार थान पकेट नोट बुक सहयोग गरेको छ ।  कम्पनीको कुलेश्वर शाखा प्रबन्धक सुनील चौलागाईंले महानगरीय प्रहरी परिसर टेकुलाई २ हजार थान पकेट नोट बुक हस्तान्तरण गरेका हुन्।  स्थानीय तह निर्वाचन २०७९ लाई लक्षित गरी शान्ति सुरक्षामा खटिने नेपाल प्रहरीलाई काम गर्न थप सहज होस् भन्ने उद्धेष्यले कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको बताएको छ । सुरक्षा मार्ग निर्देशनसहित पकेट नोट बुक तयार गरिएको कम्पनीले बताएको छ ।