नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले डडेल्धुरामा पार्टीको पुनः निर्वाचन हुनुपर्ने बताएका छन् । वरिष्ठ नेता पौडेलले डडेल्धुरामा पार्टीको अधिवेशन विवादित रहेको बताउँदै त्यहाँ पुनः अधिवेशन हुनुपर्नेमा जोड दिए ।शनिबार सुदूरपश्चिम प्रदेशको बाढीपहिरो प्रभावित क्षेत्रको भ्रमणका लागि आएका उनले गेटा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने, ‘डडेल्धुरामा पार्टीका जिल्ला सभापति लगायत कार्यसमितिलाई निर्वाचन बाहिर राखेर अधिवेशन गरिएको छ । त्यो अधिवेशन अधुरो हुन्छ । पार्टीको वैधानिक प्र