फोहरबाट मोहर : मल उत्पादन गरेर आम्दानी बढाउँदै मध्यविन्दु नगरपालिका

त्रिवेणी : फोहर व्यवस्थापन शहरी क्षेत्रका लागि चुनौती बन्ने गरेको छ। उचित व्यवस्थापन नहुँदा ठूला शहरले समस्या झेलिरहँदा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकाले भने फोहरबाट ‘कम्पोस्ट मल’ उत्पादन थालेको छ। मध्यविन्दुले गण्डकी प्रदेश सरकारसँगको साझेदारीमा ‘नवप्रर्वतन’ कार्यक्रममार्फत फोहर व्यवस्थापनको काम सञ्चालन गरेको छ। उक्त कार्यक्रममार्फत फोहरबाट कम्पोस्ट मल उत्पादन…