काठमाडौं : कोरोनाविरुद्धको खोप नलगाएसम्म विद्यालय नजान नेपाल शिक्षक संघले शिक्षकहरुलाई आग्रह गरेको छ। संघले संक्रमितका लागि निःशुल्क र सुलभ स्वास्थ्य उपचारको प्रबन्ध गर्न पनि सरकारसँग माग गरेको छ।संघले शनिबार विज्ञप्ति जारी गरी कोरोना महामारीको विषम परिस्थितिमा समेत विद्यालयमा उपस्थित हुनैपर्ने अमानवीय उर्दी लगाउने स्थानीय सरकारहरुको ज्यादती तत्काल बन्द गर्नसमेत माग गरेको छ।‘सम्पूर्ण शिक्षाकर्मीका लागि तत्काल कोरोना विरुद्धको खोप उपलब्ध गराउनुपर्ने अन्यथा नो स्कुल रिज्युम विथआउट भ्याक्सिन