सीमा बाहिर गएर भुक्तानी नदिन अर्थको निर्देशन

काठमाडौं। केही सरकारी निकायले पहिलो त्रैमासिकमा गर्ने खर्चको सीमा बाहिर गएर भुक्तानी दिएपछि अर्थ मन्त्रालयले त्यसो नगर्न आफ्ना अधिकारीहरूलाई निर्देशन दिएको छ । सीमा बाहिर गएर भुक्तानी दिँदा नगद व्यवस्थापनमा समेत अप्ठ्यारो पर्न सक्ने भन्दै मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयमार्फत सरकारी निकायहरूलाई निर्देशन जारी गरेको हो । बजेट महाशाखा प्रमुख उत्तरकुमार खत्रीले हालै जारी गरेको पत्रमा त्रैमासिक खर्च प्रणालीमा सीमाभित्र रहेर मात्र भुक्तानी गर्न भनिएको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम महीना चलिरहेको छ, जसअनुसार मन्त्रालयले बजेट कार्यान्वयनबारे महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखेको छ । पत्रमा भनिएको छ, ‘यसअघि त्रैमासिक विभाजनमा उल्लिखित रकमभन्दा फरक पारी भुक्तानी हुने गरेको बुझिएकाले सीमाभित्र रही भुक्तानी दिन अनुरोध छ ।’ सीमाभित्र बजेट भुक्तानी गर्नेबारे मन्त्रालयले यही अघिल्लो साता निर्णय गरेर अहिले मात्र परिपत्र गरेको हो । सीमाभित्र बजेट भुक्तानी गर्नेबारे मन्त्रालयले अघिल्लो साता निर्णय गरेर अहिले मात्र परिपत्र गरेको हो । आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को दफा २८ मा संघीय विनियोजन ऐन बमोजिम विनियोजित मन्त्रालयगत बजेट सूचना प्रणाली (एलएमबीआईएस)मा प्रविष्ट रकम खर्च गर्ने अख्तियारी स्वत: अधिकार प्राप्त अधिकारीलाई हुने व्यवस्था छ ।  बजेटको प्रभावकारी कार्यान्वयन र नगद व्यवस्थापनका लागि त्रैमासिक बजेट बाँडफाँटसमेत भएको मन्त्रालयले बताएको छ । स्वीकृत वार्षिक कार्यक्रमको त्रैमासिक विभाजन बमोजिम मासिक खर्च अनुमानको विवरण तयार हुने गर्छ । मन्त्रालयगत बजेट सूचना प्रणाली, एकल खाता कोष प्रणाली, कम्प्युटरकृत सरकारी लेखा प्रणालीबीच अन्तर आबद्धता भइसकेको मन्त्रालयले बताएको छ । यसलाई आधार मानेर मन्त्रालयगत बजेट सूचना प्रणालीमा भएको कार्यक्रमको एकल खाता कोष प्रणालीबाट भुक्तानी गर्दा त्रैमासिक विभाजनमा उल्लिखित रकमभन्दा फरक नपार्न मन्त्रालयले महालेखा नियन्त्रकको कार्यालयलाई भनेको छ । 

सम्बन्धित सामग्री

रुस र फिनल्याण्डबीच सीमा क्षेत्रमा तनाव

रुस र फिनल्याण्डबीच सीमा क्षेत्रमा तनाव बढेको छ। शरणार्थीलाई सीमा क्षेत्रबाट आफ्नो भूमिमा पठाएको भन्दै फिनल्याण्डले रुसी सीमा नाका बन्द गरेपछि दुई देशबीच विवाद बढेको हो । सीमा बन्द गर्ने फिनल्याण्डको कदमलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘अत्यन्तअनावश्यक कदम’ भन्दै आलोचना गरेका छन्। फिनल्याण्डले यो महिना मात्रै ९०० भन्दा बढी रुसी शरणार्थी आफ्नो भूभागमा प्रवेश गरेको आरोप लगाएको छ। फिनल्याण्ड र रुसबीच एक हजार ३४० किलोमिटर सीमा जोडिएको छ। लामो सीमा क्षेत्रबाट रुसी शरणा

सीमा सुरक्षा बलले गर्‍यो सीमा स्तम्भ अनुगमन

सिमकोट – सीमा सुरक्षा बलले चीनसँगको सीमा क्षेत्रमा रहेका सीमा स्तम्भको अनुगमन गरेको छ। हिल्सास्थित सशस्त्र प्रहरीको सीमा सुरक्षा बल (बीओपी)ले नेपाल–चीन सीमाना टाकुलेस्थित ११ नम्बर सीमा स्तम्भको अनुगमन गरेको हो। उच्च क्षेत्रमा रहेको उक्त सीमा स्तम्भ आसपासको हिउँ पग्लेपछि बीओपीको टोली पुगेको सशस्त्र प्रहरी ४४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक शंकरसिंह धामीले बताए। […]

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने

नेपाल–भारत सीमा नाका आजदेखि बन्द हुने भएको छ।रुपन्देही जिल्लासँग सीमा जोडिएको नेपाल–भारत बेलहिया सहितका सीमा नाका आज बेलुकादेखि बन्द हुने भएका छन्।...

न्यूजिल्याण्डले पूर्ण रुपमा खोल्यो आफ्नो सीमा

न्यूजिल्याण्डले आफ्नो सीमा पर्यटकहरुका लागि पूर्ण रुपमा खुला गरेको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि न्यूजिल्याण्डले सबैभन्दा कडा सीमा कानुन ल्याएको थियो। फेब्रुअरीदेखि न्यूजिल्याण्डले आफ्ना नागरिकका लागि सीमा खुला गरेको थियो। मे महिनामा ५० भन्दा बढी देशबाट आउने पर्यटकका लागि न्यूजिल्याण्डले आफ्नो सीमा खुला गरेको थियो। अन्तिम सीमा प्रतिबन्ध आइतबार मध्यरातबाट…

नेपाल–चीन संयुक्त सीमा अनुगमन गरिने

काठमाडौँ – नेपाल–चीनबीच संयुक्त सीमा अनुगमन हुने भएको छ। दुई देशको सीमा मामिला सम्बन्धका अधिकारीबीच सीमा अनुगमन गर्ने विषयमा सहमति भएको छ। सीमा मामिलासम्बन्धी भएको भर्चुअल बैठकले यही जुलाई १४ मा परराष्ट्र मन्त्रालयका उत्तर पूर्वी एसिया महाशाखा प्रमुख र चीनको परराष्ट्र मन्त्रालयको सीमा तथा सामुद्रिक मामिला विभागका प्रमुखको नेतृत्वमा सीमा अनुगमन गर्ने सहमति गरेको हो। […]

भारतीय सीमा सुरक्षाबलद्वारा सीमा क्षेत्रमा हवाई फायर

मोरङ – भारतीय सीमा सुरक्षाबल (एसएसबी)का जवानले नेपाल–भारतको सीमा क्षेत्रमा तीन राउन्ड हवाई फायर गरेका छन्। सोमबार दिउँसो विराटनगर महानगरपालिका १८ को इश्लामपुर क्षेत्रमा एसएसबीका दुई जवानले मदिरा पिएर हवाई फायर गरेको खबर आएको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए। प्रजिअ दाहालले प्रारम्भिक सूचनाअनुसार गोली चलेको भए पनि मानवीय क्षति नभएको खबर पाएको […]

आन्तरिक विप्रेषणको सीमा घट्यो

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ। केन्द्रीय बैंकले आजैदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो।...

सीमा नाकामा कोरोना जोखिम

कैलाली, असोज २० । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ । सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा […]

सिडिओले गरे सीमा अनुगमन

मोरङ जिल्लाको भारतसँग सीमा जोडिएका क्षेत्रको अनुगमन गरिएको छ। नजिकिँदो चाडपर्व र कोरोना महामारीलाई ध्यानमा राख्दै सीमा क्षेत्रको अनुगमन गरिएको हो। मोरङमा भारतसँग ६३ दशमलव चार किलोमिटर खुला सीमा जोडिएको छ।...

नेपाल–भारत सीमा नियमन

सीमा मिचान हुन नदिन पनि सर्वाेच्च अदालतको परमादेश कार्यान्वयन गरी सीमा नियमनको व्यवस्था लागू गर्नुपर्छ नेपाल र भारतबीच रहँदै आएको खुला सीमा अब नियमन व्यवस्थापनमा परिणत हुने भएको छ । सर्वाेच्च...