प्रचण्डको चिन्ता- जसलाई प्रतिगमनकारी भनेर गठबन्धन बनायौं,उही शक्तिमा फर्किने खतरा आयो

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीकै कारण गठबन्धन टुट्ने खतरा भएको भन्दै एमसीसीलाई पनि टुंगो लगाएर सत्ता गठबन्धन जोगाउने अन्तिम प्रयासमा आफू रहेको बताएका छन् । माओवादी सशस्त्र युद्धका पहिलो शहिद दिलवहादुर रम्तेलको स्मृतिमा शनिवार पेरिसडाडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले जसलाई प्रतिगमनकारी भनेर ठूलो संघर्षबाट गठबन्धन बनाइयो,अहिले उही शक्ति (एमाले) हाबी […]

सम्बन्धित सामग्री

एमसीसीकै कारण सत्ता गठबन्धन टुट्ने खतरा बढेको प्रचण्डको जिकिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सहयोग परियोजना एमसीसीकै कारण वर्तमान सत्ता गठबन्धन टुट्ने खतरा बढेको बताउनुभएको छ । उहाँले आफूहरु प्रतिगमनकारी गठबन्धन अगाडि नआओस् भन्ने पक्षमा प्रयासरत रहेको र अन्तिम उपाय खोजिरहेको समेत बताउनुभयो । माओवादी सशस्त्र द्वन्द्वका प्रथम शहीद दिलबहादुर रम्तेलको स्मृति तथा सहिद सप्ताहको स्मृतिमा आज […]

आगामी निर्वाचनसम्म यो गठबन्धनलाई बचाएर लानैपर्छ : डा. बाबुराम

काठमाडौं। जनता समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईले एमसीसीको बाहानामा सत्ता गठबन्धनलाई तोड्ने खतरा रहेको बताए। सोमबार नेकपा समाजवादी प्रेस संगठन नेपालको कार्यक्रममा देशी, विदेशी शक्ति लागेर गठबन्धन भत्काउन सक्ने भन्दै यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन्। एमसीसीको सम्बन्धमा सत्तारुढ गठबन्धनका बिचमा सहमती जुटाएर मात्रै अघि बढ्नुपर्ने र प्रतिगमनकारी शक्तिलाई निस्तेज पार्नका लागि आगामी निर्वाचनसम्मै गठबन्धनलाई कायम राख्नुपर्ने बताएका छन्।