हेटौंडा : बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा अस्पताल भर्ना भएका छन्। शर्मा काठमाडौंस्थित शहीद गंगालाल राष्ट्रिय हृदयकेन्द्रमा पेस मेकर परिवर्तन गर्न मंगलबार भर्ना भएका हुन्। उनले हृदयघातका कारण करिब ८ वर्षअघि मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्दै छन्।भोलि बुधबार उनको शल्यक्रिया रहेको उनका प्रमुख स्वकीय सचिव पारसमणि फुयालले जानकारी दिए। शर्माको मुटुमा राखिएको पेस मेकर परिवर्तन गर्न सरकारले नै खर्च व्यहोर्ने भएको छ।पेस मेकर मुटुको धड्कन नियन्त्रणमा राख्न प्रयोग गरिने चिकित्स