मधेस प्रदेशमा ट्राफिक प्रहरीले नियम उल्लंघन गर्ने सवारी साधनमाथि कारवाही तीव्र तुल्याएको छ । परिणामस्वरुप राजस्व संकलनमा एक तिहाईले वृद्धि भएको छ । प्रदेशको आठ जिल्लामा ट्राफिक नियम उल्लंघन गरी चलेका सवारी साधनमाथि कारबाहीबाट पछिल्लो तीन महिनामा २४ लाख १८ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।गत आर्थिक वर्षको सोही अवधिको तुलनामा राजस्व संकलनमा झन्डै ६ लाखले वृद्धि भएको छ । यस आर्थिक वर्षको साउन भदौ र असोज गरी ३ महिनाको अवधिमा मधेस प्रदेशको ८ वटै जिल्लामा ट्राफिक नियम विपरीत चलेका ३ हजार ७ सय २