एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ। कोरोना भाइरस संक्रमित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ। एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अधिकारीका अनुसार ओली बालकोटस्थित निजी निवासमा आराम गरिरहेका छन्।