सत्कार सहकारीको रकम हिनामिना गर्ने पदाधिकारीसहित तीनजना पक्राउ

काठमाडौं । काठमाडौंको सत्कार बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको पाइएपछि सहकारीका पदाधिकारीसहित तीन जना पक्राउ परेका छन् । सामाखुसीमा केन्द्रीय कार्यालय रहेको उक्त सहकारीको न्यूरोड तथा चाबहिल शाखा कार्यालयका सञ्चालकले ठूलो रकम हिनामिना गरेको आरोपमा संस्थाका सचिव र कोषाध्यक्षसहित तीन जनालाई पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जानकारी दिएको छ । […]