सानेपामा ४० लाख बराबरको धनमाल चोरी, दुईजना पक्राउ

गत वैशाख ३ गते ललितपुरको सानेपा स्थित गोपाल रिजालको घरमा चोरी भयो ।  घरमा कोही नभएको मौकामा चोरी गर्ने समूहले ताला फुटाएर करिब ४० लाखको सामान चोरेका थिए । चोरीमा संलग्न दुई जनालाई जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखाको शैलुङ्गेश्वर गाउँपालिका–८ घर भएका नारायण श्रेष्ठ उर्फ अर्जुन र काठमाडौँको टोखा घर भएका सौराज गजमेर उर्फ सौराज सुनार छन् ।३२ वर्षीय नारायण श्रेष्ठले सामान चोरेर सौराज गजमेरलाई बेचेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी परिसर ललि

सम्बन्धित सामग्री

१० लाख रुपैयाँ बराबरको धनमाल चोरी गर्ने दुईजना पक्राउ

भद्रपुर नगरपालिका–७ बिशम टोल बस्ने राजेन्द्र गिरीको घरबाट चोरी भएको विभिन्न सामान सहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा भद्रपुर नगरपालिका–१० बस्ने २२ वर्षीय रितिककुमार शर्मा र सोही नगरपालिका–७ बस्ने रोशन राजवंशी रहेका छन् । राजेन्द्रको घरबाट सुनका गहना, मोबाइल तथा नगद समेत गरी करिब १० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा चोरीमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट मोबाइल १ था