सुनसरीको चतरा नहरमा डुबेर २ जनाको मृत्यु

सुनसरीका बराहक्षेत्र नगरपालिका–३ खोरिया बस्ने एकै परिवारका दुई जनाको चतरा नहरमा डुबेर मृत्यु भएको छ । बिहीबार पञ्चमी व्रतका लागि भनेर नुहाउन नहरमा पसेका चार जनामध्ये १४ वर्षीया सलिना खड्का र ३६ वर्षीया शोभा खड्काको डुबेर मृत्यु भएको हो ।