पेट्रोलियम पदार्थमा देखिएका समस्याको वैज्ञानिक समाधान खोज्छौँ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले आम उपभोक्ताको हितलाई केन्द्रमा राखेर पेट्रोलियम पदार्थको मूल्य बृद्धि, सहज आपूर्ति र ढुवानी भाडालगायतका समस्याको वैज्ञानिक समाधान खोजिने बताएका छन् । पेट्रोलियम पदार्थको क्षेत्रमा कार्यरत विभिन्न संगठनका प्रतिनिधिहरूसँग आइतबार मन्त्री निवास पुल्चोक ललितपुरमा कुराकानी गर्दै  मन्त्री बडूले पेट्रोलियम पदार्थको क्षेत्रमा विश्वभर देखिएको संकटको असर नेपालमा पनि परेकोले यसको वैज्ञानिक व्यवस्थापनका लागि सरकारले काम गरिरहेको बताए । 

सम्बन्धित सामग्री

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

काठमाडाैं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहोर्‍याएका छन्।आज आयोजित नेपाल एलपी ग्यास उद्योग सङ्घको २७ औँ वार्षिक साधारणसभामा उनले भने, 'निगमले निजी क्षेत्रको सहयोगमा नै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गरिरहको छ, निगमलाई निजीकरण गरिँदैन।'सरकारले जनताप्रतिको दायित्व र जिम्मेवारीबोध गरेर पेट्रोलियम पदार्थमा लगाइँदै आइएको कर घटाइएको जनाउँदै उनले निगमको सञ्चित नोक्सानी कम गर्न अनावश्यक