दोर्दी ‘ए’ अन्तिम चरणमा

लमजुङमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । २०७१ असोजबाट निर्माण थालिएको सो आयोजना आगामी चैत्र मसान्तसम्म व्यवसायिक विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको हो । लिवर्टी इनर्जी हाइड्रोपावरद्धारा प्रर्वद्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधिन सो आयोजना निर्माणको अन्तिम चरणमा पुगेको प्रर्वद्धित कम्पनीले जनाएको हो ।