हारेपछि गाउँपालिका ईन्चार्जबाट राजीनामा

२०७४ सालको स्थानीय तह निर्वाचनमा भारी बहुमतका साथ गाउँपालिका जितेका रोल्पाको गंगादेव गाउँपालिका बिरबहादुर खत्रीले अध्यक्षमा पराजित भएपछि नेकपा माओवादी केन्द्र गाउँपालिका इन्चार्जबाट राजीनामा दिएका छन्।...

सम्बन्धित सामग्री

गाउँपालिका अध्यक्षकी श्रीमतीले दिइन् भान्छे पदबाट राजीनामा, गरिन् तलब फिर्ता

अछाम । अछामको रामारोशन गाउँपालिकामा भान्छे नियुक्ति भएकी जयसरा साउँदले राजीनामा दिएकी छन्। गाउँपालिका अध्यक्ष मानबहादुर साउँदले श्रीमतीलाई करारमा भान्छे नियुक्त गरेपछि आलोचना भइरहेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर भण्डारीले भान्छे नियुक्त भएकी साउँदले राजीनामा दिएको र स्वीकृतसमेत भइसकेको बताए। ‘अध्यक्षको कार्यकक्ष र क्वार्टरमासमेत काम गर्ने प्रयोजनका लागि गाउँपालिकाबाट भान्छे नियुक्त गरिएकोमा उक्त प्रकरणलाई […]

वडामै एमाले हारेपछि गाउँपालिका कमिटी अध्यक्षले दिए राजीनामा

१ खोटाङ,  जेठ । निर्वाचन परिणामलाई लिएर खोटाङको दिप्रुङ चुइचम्पा गाउँपालिकामा एमालेका गाउँपालिका कमिटी अध्यक्ष कृष्ण कार्कीले राजीनामा दिएका छन् । आफ्नो वडा दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा एमालेका सबै उम्मेदवार पराजित भएपछि पालिका कमिटी अध्यक्ष कार्कीले विज्ञप्ति जारी गरी नैतिकताको आधारमा पदबाट राजीनामा दिएको जनाएका छन् । कार्की ३४ वर्षदेखि एमालेको राजीनीतिमा क्रियाशील छन् । […]

गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी

गुल्मीको चन्द्रकोट गाउँपालिका अध्यक्ष द्रोण बहादुर खत्रीले पदबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिएका छन् । खत्रीले अध्यक्ष पदबाट राजीनामा दिएर चन्द्रकोट गाउँपालिका ३ को वडा सदस्यको उम्मेदवारी दिएका हुन् ।काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका उनी वडासदस्य जितेर जिल्ला समन्वय प्रमुख हुने लाइनमा लेखिएका छन् । चन्द्रकोट गाउँपालिका अध्यक्षमा गठबन्धनबाट यसपटक माओवादी केन्द्रका नेता युवराज केसी अध्यक्षको साझा उमेदवार छन् ।उपाध्यक्षको साझा उमेदवार काँग्रेस विष्णुप्रसाद भण्डारी छन् । नेकपा एमाले

कोन्ज्यासोम गाउँपालिका प्रमुख सिङ्तानले दिए पदबाट राजीनामा

ललितपुरको कोन्ज्यासोम गाउँपालिकाका प्रमुख गोपिलाल सिङ्तानले प्रमुख पदबाट राजीनामा दिएका छन्। आसन्न स्थानीय तह निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि सिङ्तानले आइतबार पदबाट राजीनामा दिएका हुन्। पाँचवटा वडा रहेको कोन्ज्योसोम गाउँपालिकामा हालसम्म...

अधिकृतको जागिरबाट राजीनामा दिएर गाउँपालिका उपाध्यक्षको उम्मेदवार

नेपाल सरकारको अधिकृतबाट राजीनामा दिएर भक्तबहादुर जिसीले दाङको बांगलाचुली गाउँपालिकाको उपाध्यक्ष पदमा उम्मेदवार भएका छन्। बांगलाचुली गठबन्धनका तर्फबाट उपाध्यक्ष काँग्रेसको भागमा परेपछि जिसीले अधिकृत पदबाट राजीनामा दिएका हुन्। उनी सोही गाउँपालिकामा स्वास्थ्य अधिकृतको रूपमा कार्यरत थिए।अध्यक्षमा भने माओवादी केन्द्रबाट सुवास पुन उम्मेदवार हुने भएका छन्। दाङ जिल्ला समन्वय समितिका अध्यक्ष पुन गाउँपालिका अध्यक्ष उठ्ने भएका छन्। यसअघि यस गाउँपालिका अध्यक्षमा माओवादीका भक्तबहादुर ओलीले चुनाव जितेका थिए।

गाउँपालिका अध्यक्षमा उम्मेदवारी दिन काभ्रेका दुई जनप्रतिनिधीले दिए राजीनामा

आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिन काभ्रेमा दुई जनप्रतिनिधिले राजीनामा दिएका छन्। बेथानचोक गाउँपालिका वडा नं. २ का अध्यक्ष भगवान घिमिरे र रोशी गाउँपालिका वडा नं. १२ का सदस्य शंखबुद्ध...

अध्यक्षको क्रियाकलापप्रति असन्तुष्ट गाउँपालिका उपाध्यक्षले दिइन् राजीनामा

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट राजीनामा दिनु भएको छ । अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिनुभएको बताइएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत समेत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभयो । पुस १७ गते राजीनामा स्विकृत गरिएको अध्यक्ष उप्रेतीको भनाई छ । राजीनामा पत्रलाई सकेसम्म खोल्न नपरोस्, मिलोस भन्ने वातावरणमा बसेपनि कतिपय वडाअध्यक्षहरुको दबाबमा आफूले राजीनामा स्वीकृत गरेको अध्यक्ष उप्रेतीले बताउनुभयो । नेपालको संविधान २०७२ को भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१५ को उपधारा ८ (क) मा अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिएमा, (ख) मा निजको पदावधि समाप्त भएमा र (ग) मा निजको मृत्यु भएमा पद रिक्त रहने व्यवस्था गरिएको छ ।

गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत

वाग्मती / मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । गत मङ्सिर २९ गते प्राप्त राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए । अध्यक्षको क्रियाकलापलगायत कुरामा असन्तुष्टि जनाउँदै उपाध्यक्ष विष्टले पदबाट राजीनामा दिएको बताइएको छ । The post गाउँपालिका उपाध्यक्षको राजीनामा स्वीकृत appeared first on Purbeli News.

गाउँपालिका अध्यक्षको कार्यशैलीको विरोध गर्दै उपाध्यक्षले दिइन् राजीनामा

मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्टले आफ्नो पदबाट दिएकी छन् । उनले गाउँपालिका अध्यक्षको कार्यशैली लगायतको कुरामा असन्तुष्टि जनाउँदै राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामा स्वीकृत गरिएको गाउँपालिकाका अध्यक्ष एकराज उप्रतीले जानकारी दिए ।