राष्ट्रपति रामचन्द्र पौडेलले पारालिम्पिकमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई बधाई दिएका छन् । उनले समाजिक सञ्जालमार्फत ऐतिहासिक कास्य पदक विजेता गोवर्धनलाई बधाई दिएका हुन ।
मलेसियामा भएको १९ औँ अन्तर्राष्ट्रिय ओकिनावा गोजुरियो इपोह सिटी खुला कराते प्रतियोगिताका पदक विजेता नेपाली वादोरियो कराते टोली शुक्रबार स्वदेश फर्किएको छ । गत वैशाख २९ देखि ३१ गतेसम्म भएको उक्त प्रतियोगितामा नेपालका १० खेलाडीले सहभागिता जनाएकोमा सबैले पदक जित्न सफल भए । नेपालले सात स्वर्ण, एक रजत र दुई कास्य पदक जितेको नेपाल वादोरियो …
काठमाडाैं । गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीलाई प्रदेश नम्बर १ सरकारले नगदसहित सम्मान गर्ने भएको छ । प्रदेश–१ सरकारले नवौं राष्ट्रिय खेलकुदमा पदक विजेतालाई नगद पुरस्कारसहित सम्मान गर्ने निर्णय गरेको हो । नवौंमा स्वर्ण पदक विजेतालाई १ लाख, रजत विजेतालाई ७५ हजार र कास्य पदक विजेतालाई ५० हजारले पुरस्कृत […]
नेपाल प्रहरीले नवाँ राष्ट्रिय खेलकुद–२०७९ का पदक विजेता खेलाडीलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नवौँ राष्ट्रिय खेलकुद–२०७९ मा पदक विजेता नेपाल प्रहरीमा आबद्ध खेलाडीलाई आज सम्मान गरेका हुन् ।नेपाल प्रहरी खेलकुद समितिका अध्यक्षसमेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीलाई सम्मान तथा नगद पुरस्कार वितरण गरे । प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तर
काठमाडौं : कमनवेल्थ गेम्स २०२२ मा भारतको तर्फबाट कास्य पदक विजेता पूजा सिहागका पति अजय नांदलको मृत्यु भएको छ।उनी शंकास्पद अवस्थामा मृत फेला परेको हरियाणा प्रहरीले जनाएको छ। उनको पूजासँग अघिल्लो वर्ष मात्रै विवाह भएको थियो। हरियाणाको रोहतक प्रहरीले उनको शव पोष्टमार्टमका लागि अस्पताल पठाएको छ।
हालै सम्पन्न ५४ औं एशियन शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टस् च्याम्पियनन्सिपमा शारीरिक सुगठन प्रतियोगिताको ८० केजी तौल समूहको प्रतिस्पर्धामा रजत पदक विजेता उमेश राई तथा फिटनेस फिजिक्सको प्रतिस्पर्धामा कास्य पदक विजेता राजु राईलाई नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष राजेश वावु श्रेष्ठले व्यक्तिगत रुपमा पुरस्कार वितरण गरेका छन् । उनले रजत पदक विजेतालाई नगद रु. १,५०,००० तथा कास्य पदक विजेतालाई नगद रु. ७५,००० पुरस्कार प्रदान गरेका हुन् । सोहि अवसरमा नेपाल शारीरिक सुगठन तथ फिटनेस
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की कास्य पदक विजेता एपिएफकी एस्तर राई र त्रिभुवन आर्मी क्लबकी शान्ता श्रेष्ठबीच महिला ६१ केजी तौल समूह कुमुतेको स्वर्ण पदकका लागि भिड्ने भएका छन् । ललितपुर सातदोबाटोस्थित कराते हलमा जारी प्रतियोगिताको तेस्रो तथा अन्तिम दिन शनिबार सेमिफाइनलमा एस्तरले बागमती प्रदेशकी रमिता माझीलाई १५–७ र शान्ताले […]
हिमाल खरेल, बिर्तामोड एएसबिसी एसियन युथ एन्ड जुनियर बक्सिङ च्याम्पियनसिपकी कास्य पदक विजेता झापाकी नारिका राईलाई गृहनगर भद्रपुरमा स्वागत सम्मान गरिएको छ । भद्रपुर–९ घर भएकी १७ वर्षीय नारिकाले ५७ केजी तौल समूहमा कास्य पदक जित्न सफल भएकी हुन् । झापा जिल्ला बक्सिङ संघका पदाधिकारी तथा खेलाडीहरूले नारिकालाई भव्य स्वागत गर्दै सम्मान गरेका हुन् । […]
काठमाडौं (हाम्रो खेलकुद)– दुबईमा सञ्चालन भइरहेको एएसबीसी जुनियर तथा युथ ब्वायज एण्ड गल्र्स बक्सिङ च्याम्पियनसिपमा नेपाली बक्सर नारिका राई सेमिफाइनलमा पराजित भएका छन् । यसअघि नै कम्तीमा कास्य पदक पक्का गरिसकेका नारिका ५७ केजी मुनिको तौल समूहमा भारतीय खेलाडी प्रीतिसँग बुधबार पराजित भएकी हुन् । पहिलो र दोस्रो राउन्डमा टिक्न सफल नारिकाले तेस्रो राउन्डमा लगातार […]
एजेन्सी। फिफा विश्वकप विजेता अमेरिकी महिला फुटबल टिमले आज अस्ट्रेलियालाई ४–३ ले हराउँदै कांस्य पदक जितेको छ। अमेरिकाको जितमा मेगन रापिनो र कार्ली लोएडले समान दुई गोल गरे। अस्ट्रेलियाका सामन्थ केर, कैटलिन फोर्ड र इमिले जिइलनिकले एक/एक गोल गरे। पाँचौँ स्वर्ण पदक जित्ने लक्ष्यका साथ जापान आएको अमेरिका सेमिफाइनलमा क्यानडासँग हारेको थियो। क्यानडाले स्वर्ण पदकका लागि स्विडेनसँग प्रतिस्पर्धा गर्नेछ।
१३औँ दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स सङ्घले नगद पुरस्कार प्रदान गरेको छ । सोमबार आयोजित कार्यक्रममा पदक विजेता आठ खेलाडीलाई सङ्घले पुरस्कृत गरेको हो ।एथलेटिक्स सङ्घले १३औँ सागका स्वर्ण पदक विजेतालाई एक लाख, रजत विजेतालाई ३५ हजार र कास्य पदक विजेता खेलाडीलाई जनही २० हजार नगद पुरस्कार प्रदान गरेको हो । पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्यसचिव एकेन्द्र कुँवर, बागमती प्रदेशका सदस्यसचिव सूर्य भण्डारी, एथलेटिक्स सङ्घका अध्यक्ष राजीवविक्