उम्लिएको पानी खन्याएर सुतिरहेका पतिको हत्या गर्ने एक महिलालाई बेलायतमा आजीवन कारावासको सजाय सुनाइएको छ । शुक्रबार चेस्टर क्राउन अदालतले यस्तो सजाय सुनाएसँगै कम्तिमा १२ वर्ष कोरिन्हा स्मिथले जेलमा बिताउनुपर्नेछ । आफ्ना पतिले बालबालिकामाथि यौन दुर्व्यवहार गरेको पत्तो पाएपछि रिसले आगो भएर यस्तो अपराध गरेको बयान यी महिलाले दिएकी थिइन् । यद्यपि, उनका पति दोषी भए–नभएको विषय प्रमाणित हुन नसकेको अदालतले जनाएको छ । यसरी भएको थियो हत्या ५९ वर्षीया कोरिन्हा स्मिथले पानीको बाल्टीमा तीन