‘बाउन्स ब्याक’ हुन नसकेको अर्थतन्त्र

अर्थतन्त्रको वर्तमान अवस्था-६.७ प्रतिशतको आयात धान्ने विदेशी विनिमय सञ्चिति– वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकांकमा आधारित मुद्रास्फीति ७.१४ प्रतिशत– चैत २५ सम्ममा आयात ३३.९ प्रतिशत र निर्यात ७२.२ प्रतिशतले वृद्धि– शोधनान्तर स्थिति २ खर्ब ५८ अर्बले घाटा– चैत २८ गतेसम्म २५.९३ प्रतिशत पुँजीगत खर्च– विप्रेषण आप्रवाहमा १.७ प्रतिशतले कमी आर्थिक रुपले संवेदनशील मानिएको २०७८ साल […]

सम्बन्धित सामग्री

प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न चाहेनन् : विष्णु पौडेल

काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा सुन्न नचाहेको आरोप लगाएका छन्।प्रतिनिधिसभाको बिहीवारको बैठकमा बोल्दै पौडेलले निवर्तमान अर्थमन्त्री महतले मुलुकको अर्थतन्त्र मन्दीमा छ भन्ने कुरा स्वीकार गर्न नचाहेको बताए।उनले अर्थमन्त्रीको रुपमा ११ महिना काम गर्दा अर्थतन्त्रलाई लयमा ल्याउने काम गर्न नसकेको पनि उल्लेख गरे। उनले पछिल्लो एक वर्षमा मुलुकको अर्थतन्त्र मन्दीको अवस्थामा पुगेको जिकिर गर

सरकारको मेहेनतले अर्थतन्त्र संकटमुक्त भएको छः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थतन्त्र सङ्कटमुक्त भइसके पनि दबाबमुक्त हुन नसकेको र अर्थतन्त्रको दबाब हटाउन राष्ट्रिय गोलमेचको तयारी गरिएको बताएका छन्। माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित उपत्यकाका केन्द्रीय सदस्यको बैठकलाई सम्बोधन गर्दै उनले अर्थतन्त्रको दबाब हटाउनु सरकारको मुख्य प्राथमिकता भएको बताए। उनले भने, ‘हामीले सरकारको […]

मुलुकको अर्थतन्त्र गम्भीर संकटमाः पूर्वअर्थमन्त्री

लुम्बिनी- नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको अर्थतन्त्र गम्भीर संकटमा पुगेको बताउँदै तर आवश्यकताअनुसार सरकार भने गम्भीर बन्न नसकेको बताएका छन् । रुपन्देही उद्योग संघको ४५औं साधारणसभा तथा २३औं अधिवेशनको आज बुटवलमा उद्घाटन गर्दै नेता पौडेलले देशको अर्थतन्त्र मन्दीको अवस्थामा पुग्दासमेत सरकारले स्वीकार गर्न नसकेको र जनता र राष्ट्रका समस्या समाधान गर्न सरकारले […]

अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न सकेन : उपाध्यक्ष पौडेल

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले अर्थतन्त्र उकास्न सरकारले ठोस कदम चाल्न नसकेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी रुपन्देहीले आइतबार बुटवलमा आयोजना गरेको कार्यक्रममा पूर्वअर्थमन्त्री पौडेलले मुलुकको अर्थतन्त्रको चिरफार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “आन्तरिक ऋण बढ्दै छ, तलब, सामाजिक सुरक्षा कोष, निवृत्तिभरण रोकिइरहेको छ, अर्थतन्त्र गम्भीर मोडमा छ ।” उपाध्यक्ष पौडेलले कोशी …

'बैंकले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान नभएको भन्न मिल्दैन'

काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले कर्जा प्रवाह नगरेकाले मुलुकको अर्थतन्त्र चलायमान हुन नसकेको भन्न नमिल्ने बताएका छन्। शनिबार त्रिभुवन विश्वविद्यालय केन्द्रिय अर्थशास्त्र विभागले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै यस्तो बताएका हुन्।गभर्नर अधिकारीले बैंकहरुको कर्जा प्रवाह मुलुकको जिडिपीभन्दा धेरै हुँदा पनि कर्जा प्रवाह नभएर अर्थतन्त्र चलायमान हुन नसकेको भन्ने गरिएको बताए। उनले बैंकहरुले कर्जा प्रवाह नगरेर अर्थतन्त्र चलायमान हुन नसेको भन्नेकुरा गलत भएक

जात्राले अर्थतन्त्र चलायमान

जुम्ला– जुम्लामा लाग्ने कर्णालीकै लामो तथा ठूलो जात्रा सुरु भएसँगै अर्थतन्त्र चलायमान भएको छ । विगत तीन वर्षदेखि कोरोनाका कारण भव्य रूपमा सञ्चालन हुन नसकेको जात्रामा यस वर्ष सुरुदेखि जात्रुको उल्लेखनीय सहभागिता छ । जसका कारण जात्राले जुम्लाको अर्थतन्त्र चलायमान बनाएको हो । कोरोनाका कारण विगतका दुई वर्ष जात्रा सञ्चालन हुन सकेन भने बितेको वर्षमा […]

अर्थतन्त्र संकटोन्मुखः लगानीकर्ता र उपभोक्ता दुवै तनावमा

नेपाल राष्ट्र बैंकको आगामी एक वर्षमा मुद्रास्फीति दर १२ प्रतिशत पुग्ने प्रक्षेपण, विदेशी विनिमय सञ्चितिमा परिरहेको दबाब र अर्थतन्त्रका अधिक सूचकहरूमा हुन नसकेको सुधारका कारण अर्थतन्त्र आफ्नो लयमा फर्कन लामो समय लाग्न सक्ने देखिन्छ । भर्खरै प्रकाशित भएको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले मुलुकको अर्थतन्त्र अझै सुधारोन्मुख हुन नसकेको देखाइरहेको छ । नेपाल राष्ट्र बैंकको […]

अर्थतन्त्र सुधारोन्मुख रहेको दाबी

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधारोन्मुख भएको दाबी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजना पूर्व अर्थमन्त्रीले वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लगाएपछि सोमबार पत्रकार सम्मेलन आयोजना गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिँडेको जवाफ दिएका हुन् ।चालू आर्थिक वर्षको सुरुवातदेखि नै बढ्दो व्यापार […]

अर्थतन्त्र सुधारोन्मुख रहेको दावी

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्र सुधार भएको दावी गरेका छन् । मन्त्रिपरिषद्ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीमाथि छानबिन समिति गठन गरेपछि र आइतबार नेकपा एमालेका तीनजान पूर्व अर्थमन्त्रीले, वर्तमान अर्थमन्त्रीले अर्थतन्त्र सुधार गर्न नसकेको आरोप लागाएपछि सोमबार पत्रकार सम्मेलन गरेका शर्माले अर्थतन्त्र सुधारको गतिमा हिडेको जवाफ लिएका छन् । चालू आर्थिक वर्षको सुरुवातदेखि नै […]

मुलुकको समग्र अर्थतन्त्र सन्तुलित : अर्थसचिव मधुकुमार मरासिनी

केही समययता पुँजिगत खर्च हुन नसकेको र बैंकमा तरलता अभाव भएकाले अर्थतन्त्र खराब हुने आशङ्का र अड्कलबाजी भइरहेका बेला अर्थसचिव मधुकुमार मरासिनीले मुलुकको समग्र अर्थतन्त्र सन्तुलित अवस्थामा रहेको र हालको आर्थिक अवस्था स्थिर रहेको बताउनुभएको छ । अर्थतन्त्रको विकास र विस्तारका लागि सरकारले निरन्तर नीतिगत सुधार गरिरहेकाले यसको सकारात्मक प्रभाव अर्थतन्त्रमा देखिएको उहाँको भनाइ थियो …