चिसो बढेपछि गरीब विपन्न परिवारलाई समस्या

अचानक चिसो बढ्दै गएपछि उदयपुरको त्रियुगा र चौदण्डीगढी नगरपालिका क्षेत्रका गरीब विपन्न परिवारलाई समस्या परेको छ । न्यानो लुगा र ओढ्नेको अभावमा ती परिवार समस्यामा परेका हुन् ।  त्रियुगा–३ मोतिगडा, त्रिनपा–१ जोगिदह, त्रिनपा–६ देउरी उत्तराई र चौदण्डी गढीको हँडियाका मुसर चिसोबाट पीडित बनेका जनाइएको हो । त्रियुगा–३ मोतिगडा ठाडी मुसहर टोलका गुदर सदाले गतिलो ओढ्ने कपडा नहुँदा रातका समयमा आगो र घुर तापेर रात काट्न बाध्य भएको बताए । २ वर्षअघि त्रियुगा नगरपालिकाले वितरण गरेको केही ओढ्न...