लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दैछ : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनीमा लगानीमैत्री वातावरण बन्दै गएको बताएका छन् । लुम्बिनी प्रदेश सरकारको समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेशवासीको नारालाई साकार पार्न र प्रदेशवासीको जीवनलाई समृद्ध बनाउन उद्योग तथा व्यापार क्षेत्रको  महत्वपूर्ण योगदान रहेको बताउँदै मुख्यमन्त्री केसीले त्यसका लागि लगानीकर्ता प्रोत्साहन गर्ने गरी सरकारले कार्यक्रम अघि बढाएको बताए ।उद्योग व्यापार सङ्गठन तिलोत्तमाको सातौं साधारणसभा एवम् चौथो अधिवेशनको आज उद्घाटन गर्दै मुख्यमन्त्री केस