रामपुर । भूपू सैनिक राइजिङ बोर्डिङ स्कुलमा कक्षा ९ मा अध्ययनरत छात्रा दुनाटपरी बनाउन सिक्दै । विद्यालयमा अहिले परम्परागत सीपहरु सिकाउन थालिएको छ । तस्बिरः सुशीला रेग्मी÷रासस
रामपुर : आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यावहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ।कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङलिश स्कूलले विद्यार्थीमा व्यावहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागत रूपमा चलनचल्तीका सीप सिकाउँदै छ। यहाँ गाउँघर र समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी&nbs