रात्रीकालीन बजार सञ्चालन गरिने

बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा रात्रीकालीन बजार सञ्चालन गर्ने उल्लेख गरेको छ । नगरप्रमुख खेलराज पाण्डेले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा बुटवलको आर्थिक गतिविधि थप चलायमान बनाउन रात्रीकालीन बजार सञ्चालन गर्ने नीति लिएको बताइएको छ । उपमहानगरको कालिकापथ, अमरपथलगायत आवश्यक स्थानमा रात्रीकालीन बजार सञ्चालन गरिने पाण्डेले बताए । बजारमा अनियमित रुपमा […]

सम्बन्धित सामग्री

बुटवलको नगरसभा सम्पन्न : रात्रीकालीन बजार सञ्चालन गर्ने प्रस्ताव पारित

रुपन्देही । बुटवल उपमहानगरपालिकाको नगरसभाको १२औं अधिवेशन विभिन्न ऐन संशोधन तथा नीतिहरु पारित गर्दै सकिएको छ । पुस २१ गते सुरु भएको अधिवेशनले जलस्रोत नीति, कर्मचारी दरबन्दीसम्बन्धी संगठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संशोधनसहित पारित गरेको हो । अधिवेशनले बुटवलभित्र रात्रीकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन् तथा चोरी निकासी नियन्त्रण, नागरिक वडापत्रलाई तीन भाषामा […]

बुटवलमा आजदेखि रात्रीकालीन बजार सञ्चालनमा आउने

रूपन्देही । आजदेखि बुटवलमा रात्रीकालीन बजार सञ्चालनमा आउने भएको छ । बुटवल उपमहानगरपालिकाले वडा नं ९ र ११ मा पर्ने कालिकापथ सडक बसपार्कदेखि होराइजन चोकसम्म रात्रीकालीन बजार सञ्चालन गर्न अनुमति दिएको हो । हाललाई राति ११ बजेसम्म बजार सञ्चालन गरिनेछ । व्यवसायीले रात्रीकालीन बजार सञ्चालनका क्रममा ग्राहकलाई निःशुल्क शौचालयको व्यवस्था गर्नुपर्नेछ । त्यस्तै पार्किङको लागि […]

बुटवलको कालिका पथः के आजदेखि रात्रीकालीन बजार सञ्चालन होला ?

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले रात्रीकालीन बजार सञ्चालन सम्बन्धी गृह प्रशासनबाट छुट्टै केही प्रावधान तोकेको छ । ती प्रावधानहरु अवलम्वन गरेका व्यवसायीहरुले जिल्ला प्रशासन कार्यालयमा आएर अनुमति लिनुपर्ने बताए ।