काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री डा. मुकुल ढकालले उपसभामुख इन्दिरा राना मगरको सचिवालयले अमेरिकाको भिसाका लागि दूतावासलाई पत्र लेख्दा आर्थिक लेनदेन भएको प्रमाण भेटिने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा डा. ढकालले तत्कालीन समयमा आफू महामन्त्री रहेको र जानकारीमा पाएर यो विषयको सोधखोज गर्दा आर्थिक लेनदेन भएको पाएको उनले उल्लेख गरेका छन् […]