गण्डकी प्रदेशको राजधानी पोखरामा हुन लागेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट भएका छन् । जिल्ला खेलकुद विकास समितिले जिल्लाका विभिन्न ठाउँमा प्रतियोगिता सञ्चालन गरी खेलाडी छनोट गरेको हो ।पूर्वाधार अभावकै बीचमा खेलकुद विकास समिति खेलाडी छनोट गर्न बाध्य छ । खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिए । “खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका ला