एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको पर्वतमा नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीले सुरुआती अग्रता लिएका छन् । पैयुँ गाउँपालिकाको टकलाक र जलजला गाउँपालिकाको शालिजा केन्द्रमा खसेका ८५९ मत गणना हुँदा नेपाली कांग्रेसका जोशीले ३६६ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका पदम गिरीले ३४५ मत ल्याएका छन् ।