संघीय संसदका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतको संवैधानिक इजलासलाई लिखित जवाफ पठाउँदै ‘कार्यकाल सकिएपछि उक्त प्रतिनिधिसभाको अन्य बिजनेस निष्क्रिय हुने’ तर्क गरेका छन् ।
कार्यकाल समाप्त भएको प्रतिनिधि सभाको विजनेश निस्कृय भए ...
२३ मंसिर, काठमाडौं । बरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र उनलाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमबीच दूषित जालसाजीपूर्ण मिलेमतो रहेको आरोप लगाएका छन् । संघीय संसदका महासचिव गौतमले प्रधानन्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै थापाले यस्तो आरोप लगाएका हुन् । उनी भन्छन्, ‘दुई […]
२३ मंसिर, काठमाडौं । वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई निलम्बन फुकुवा पत्र दिने संसदका महासचिव भरतराज गौतमलाई अवहेलनामा कारबाही गर्नुपर्ने र हुनुपर्ने बताएका छन् । संघीय संसदका महासचिव गौतमले प्रधान न्यायाधीश जबरालाई दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै उनले यस्तो बताएका हुन् । ‘संसदको अधिकारी नांगो र निर्लज्ज […]
२३ मंसिर, काठमाडौं । निलम्बित प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई निलम्बन फुकुवाको पत्र दिएको सम्बन्धमा सर्वोच्च अदालतलाई दिने जवाफका विषयमा संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम छलफलमा जुटेका छन् । उनी आफ्नै कार्यकक्षमा सचिव, प्रवक्ता लगायतसँग परामर्शमा छन् । महासचिव गौतमले जबराको निलम्बन फुकुवा भएको पत्र बुधबार दिएका थिए । लगत्तै बसेको सर्वोच्चका न्यायाधीशहरुको पूर्ण बैठकले […]
२१ मंसिर, काठमाडौं । संघीय संसदका महासचिव डा. भरतराज गौतमले चोलेन्द्र शम्शेर जबराविरुद्धको महाअभियोग निष्प्रभावी भएको पत्र दिएपछि राजनीतिमा तरंग उत्पन्न भएको छ । पहिलेको संसदले गरेको काम अर्को संसदमा नजाने तर्क गर्दै महाअभियोग निष्प्रभावी भएको पत्र आफूले दिएको बताएका छन् । उनले अनलाइनखबरसँग कुरा गर्दै भनेका छन्, ‘निर्वाचन आयोगले मतगणना सकियो भनेको छ, त्यस […]
काठमाडौं : संसदका महासचिव डा भरत गौतमले नेकपा एमालेका सांसद् माधव कुमार नेपाल सहित १४ जनालाई पार्टीले कारवाही गरेको पत्रको ब्यहोरा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन्।
नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा नेतृत्वको सरकारले मंगलवार दल विभाजनलाई सहयोग हुने गरी अध्यादेश ल्याएको थियो। त्यसपछि एमाले अध्यक्ष केपी शर्मा ओली समूह मधाव…
१५ वैशाख, काठमाडौं । संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमलाई कोरोना संक्रमण भएको छ । महासचिव गौतमसहित संघीय संसदका चार जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टी भएको प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए । यस्तै, संघीय सांसद पुष्पाकुमारी कर्ण कायस्थलाई पनि कोरोना संक्रमण भएको छ । मंगलबार स्वाब दिएको र मंगलबार नै रिपोर्ट पोजेटिभ आएको सांसद कायस्थले […]