‘अब प्रचण्ड र बाबुराम सँगै उभिनुको धेरै ठूलो अर्थ र महत्त्व छ । हामी अब एउटै ठाउँमा उभियौँ । अब कसैले रोकेर रोकिँदैन । एक ठाउँमा उभिने ठूलो कुरा हो,’ यो भनाइ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हो । २०७९ साल साउन ३१ गते प्रचण्ड र बाबुरामबीच एउटै चुनाव चिह्न र घोषणापत्र लिएर चुनावमा जाने सहमति भएपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट बाहिर निस्कने क्रममा उत्साहित हुँदै प्रचण्डले यस्तो बताएका थिए ।प्रदेशसभा र प्रतिनिधिसभा चुनाव लगत्तै समाजवादी के