हिमाल,पहाड र गाउँको बुझाउने कृति-‘पैतालामा हिउँ: आँखामा हिमाल’

हो, हिउँ भोग्न हिउँसित संगत गर्नैपर्छ। अझ हिमालमै बस्नुपर्छ अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता, निष्ठुरता र विशिष्टता। आफू तात्न नसके मान्छेलाई चट्टान बनाइदिन्छ हिउँले। जोगिन सक्नुपर्छ हिउँसित नत्र खाइदिन्छ हातखुट्टा र बनाइदिन्छ अन्धो।...