बेनिघाट–आरुघाट–लार्केभन्ज्याङअन्तर्गत १८ किलोमिटर सडक खण्डको ट्र्याक खुलेसँगै दोभानसम्म वोलेरो, जिप, ट्याक्टर, ट्रक चल्न थालेका छन् । सडक ट्र्याक खोल्ने जिम्मा नेपाली सेनाले पाएको छ । ट्र्याक खुलेको १८ किमि भने सेनाले सडक विभागलाई हस्तान्तरण गरिसकेको छ । अहिले दोभानदेखि पाङसिङसम्मको खण्डमा ट्रयाक खोल्ने तथा ट्र्याक खुलेको क्षेत्रमा स्तरोन्नतिको काम भइरहेको छ ।