नेपाल बैंकका ग्राहकलाई मन्त्र अस्पतालमा छूट

  महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरस्थित नेपाल बैंक लिमिटेड र मन्त्र अस्पताल तथा रिसर्च सेन्टरबीच छूटसम्बन्धी सम्झौैता भएको छ । शुक्रवार बैंक र अस्पतालबीच बैंकका ग्राहकलाई सुलभ सेवा प्रदान गर्ने शर्तसहित सम्झौता गरिएको हो । सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डे र अस्पतालका अध्यक्ष कैलाशचन्द्र भट्टले हस्ताक्षर गरेका छन् । शाखा प्रबन्धक महेशराज जोशीले सम्झौतापछि बैंकका सेवाग्राहीले अस्पतालमा ओपीडी, आकस्मिक सेवामा २५ प्रतिशत, क्याबिनमा २० प्रतिशत, जनरल बेड, आईसीयू तथा एनआसीयूमा १५ प्रतिशतसम्म छूट पाउने ब