हजुरबाको मृत्युपछि चार बालकको बिचल्ली

कामको खोजीमा भारत पसेका बाबु राम दमाई उतै हराएपछि र ७ महिनाका जुम्ल्याहा छोराहरू छोडेर आमा हिंडेपछि चार दाजुभाइको बिचल्ली भएको छ । १४, १० र ७ वर्षीय जुम्ल्याह छोराहरूलाई बाबुआमा हराएपछि ६ महिनायता हजुरबाले जेनतेन हुर्काइरहेका थिए । तर, उनको पनि निधन भएयता उनीहरू मागेर पेट भरिरहेका छन् ।