पर्वत : पोखरा–बागलुङ सडकखण्ड अन्तर्गत कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जा हुँदै जाने मध्यपहाडी लोकमार्गको हेम्जा क्षेत्रलाई ‘भाइरल रोड’ का नामले पनि चिन्ने गरिन्छ।मध्यपहाडी लोकमार्गको काम सकेर सडकमा रङरोगन भयो, ट्राफिक सङ्केत जनाउने अनेक रेखा र चिह्न हेम्जाको सडकमा राखिएका छन्। त्यही सडकमा बसेर ‘टिकटक’ का लागि ‘भिडियो’ खिच्नेहरूका कारण सडकको नाम नै ‘भाइरल रोड’ बन्यो।भिडियो खिच्नेहरूका लागि उक्त सडक रङ्गीबिरङ्गी भए पनि ट्राफिक प्र