काठमाण्डाै – तीन वटा अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्थाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेका आरोपहरूबारे छानबिन गर्न माग गरेका छन् ।
एमनेस्टी इन्टरनेशनल, कमिसन अफ जुरिस्ट्स् र ह्युमन राइट्स वाचले आज शुक्रवार संयुक्त विज्ञप्ति निकालेर सर्वोच्च अदालतको सङ्कटका कारण नेपालको न्यायपालिकाको स्वतन्त्रता र अखण्डता जोखिममा पर्दै गरेको बताउँदै प्रधानन्यायाधीशमाथि छानबिन गर्न आग्रह गरेका हुन् ।
अदालतको विश्वसनीयता र स्वतन्त्रता जाेगाउन यो सङ्कटको तत्काल समाधान गर्नुपर्ने उनीहरूको जोड छ । ह्युमन राइट वाचकी ...