आज पनि संसदमा एमाले सांसदको नाराबाजी

काठमाडौँ । प्रतिनिधिसभाको आज (आइतबार)को बैठक पनि नेकपा एमालेका सांसदहरुले अवरुद्ध पारेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद् अवरोध गर्दै आएको छ । आइतबार सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्ने वित्तिकै एमाले सांसदहरु वेलमा आई नाराबाजी गरिरहेका छन् ।

सम्बन्धित सामग्री

संसदमा एमाले सांसदको प्रश्न- काठमाडौंबाट मधेश सरकार चलाउन खाेज्ने ?

जनकपुरधाम । मधेश प्रदेशका नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले सत्ता पक्षकै दलहरु संघीयतालाई कमजोर पार्न खोजेको टिप्पणी गरेका छन् । प्रदेशसभा बैठकमा बोल्दै सांसद यादवले मुख्यमन्त्री र मन्त्रीहरु छान्न सत्ता पक्षीय दलका संसदीय दलका नेताहरु काठमाडौं पुगेकोमा आपत्ति जनाएका हुन् । कांग्रेस, एमाले, माओवादी, जनमत र नेकपा एसका संसदीय दलका नेताहरुलाई आज […]

एमाले सरकार गठनको दौडमा छैन : सुरेन्द्र पाण्डे

नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको दौडमा नरहेको बताएका छन् । प्रेस चौतारी नेपाल, चितवन शाखाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एमालेले अहिले आफ्नो नेतृत्वमा सरकार बनाउने विषयबारे नसोचेको उल्लेख गरे ।उनले भने– “अहिलेको संसदमा एमाले प्रतिपक्षमा रहन्छ ।” अहिलेको निर्वाचनले कुनै दललाई पनि बहुमत नदिएको उल्लेख गर्दै उपाध्यक्ष पाण्डेले एकभन्दा बढी दल मिलेर सरकार बनाउनुपर्ने अवस्था रहेको बताए । संसदमा कुनै पनि दलको बहुमत नपुग्दा सरकारले परिणाम दि

आजको संसदमा एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आज (बिहीबार) को संसदमा सम्बोधन गर्दै छन् । संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रमसँगै समसामयिक विषयमा अध्यक्ष ओलीले सम्बोधन गर्ने बताइएको छ । एमालेले लामो समयदेखि संसद् अवरुद्ध गर्दै आएको थियो । स्थानीय तह निर्वाचनपछि बिनाशर्त एमालेले संसदमा अवरोध गर्न छाडेको हो । आजको […]

आज पनि संसदमा एमाले सांसदको नाराबाजी

न्युज अफ नेपाल, काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले संसद बैठकमा नाराबाजी गरिरहेका छन् । संसदको १०औँ अधिवेशनको तेस्रो बैठक बुधबार बसिरहेको छ । पहिलो र दोस्रो बैठकमा जस्तै बुधबार बसिरहेको तेस्रो बैठकमा पनि एमाले सांसदहरू रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरिरहेका हुन् । एमाले विभाजनमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमाले सांसदहरूले संसदको […]

संसदमा थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन

काठमाण्डाै – संघीय संसद्को दुवै सदनको अधिवेशनका लागि संसद् भवन नयाँ बानेश्वरमा सत्तापक्ष र प्रतिपक्ष बस्ने सिटको व्यवस्थापन मिलाइएको संघीय संसद् सचिवालयले जनाएको छ । संघीय संसद्को दुवै सदनको अधिवेशन आज दिउँसो ४ बजेका लागि आह्वान गरिएको छ । संघीय संसदमा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी र जसपा विभाजित भएर लोकतान्त्रिक समाजवादी पार्टी थपिएका छन् । संघीय संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले थपिएका नयाँ दलका लागि पनि सिट व्यवस्थापन गरिसकिएको जानकारी दिनुभयो । सबै दलका नेताहरू अगाडि रहने गरी...

आज प्रदेश नम्बर ७ का मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिने भएका छन् । प्रदेश संसद सचिवालयका कार्यबाहक सचिव हरि बखतीका अनुसार आज दिउँसो २ बजे बस्ने संसद बैठक बस्नेछ। मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था छ। सोही अनुसार मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । प्रदेश संसदमा एमाले र…