रामग्राममा पोखिएको प्रधानमन्त्रीको प्रतिष्ठा

गौतम बुद्धको अस्तिधातु समाधिस्थल रामग्राम क्षेत्र उत्खनन एवं सरचना निर्माण कार्यको शिलान्यास प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको समाचारको मसी सुक्न नपाउँदै प्रतिनिधिसभाको सार्वजानिक लेखा समितिले उत्खनन र संरचना निर्माणसम्बन्धी सबै प्रक्रिया नै खारेज गर्न निर्देशन दिएको छ । यसबाट देशको कार्यकारी प्रमुखको साख र प्रतिष्ठामा ठूलो प्रश्न उठेको छ ।