माओवादीमा मन्त्री हेरफेर गर्ने आवाज

नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले पार्टीभित्र मन्त्री फेर्ने आवाजहरु उठिरहेको बताएका छन् । बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेता पुनले माओवादी पार्टीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन् ।उनले नेकपा(एकीकृत समाजवादी)ले मन्त्रीहरु फेर्ने निर्णय गरेसँगै माओवादी केन्द्रलाई पनि मन्त्रीहरु फेर्न दबाब परेको बताए । उनले मन्त्री फेर्ने बारे पार्टीभित्र […]

सम्बन्धित सामग्री

माओवादी केन्द्रमा पनि मन्त्रीहरु हेरफेर गर्न दबाब छः वर्षमान पुन

काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले पार्टीभित्र पनि मन्त्री हेरफेर गर्न आवाज उठिरहेको बताएका छन्। बुधबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरु कुरा गर्दै नेता पुनले माओवादीबाट सरकारमा मन्त्री बनेकाहरुलाई फेर्नुपर्ने आवाज उठिरहेको बताएका हुन्।

मन्त्रीद्वय जितेन्द्र देव र गोपाल दहित फिर्ता हुँदै

लोकतान्त्रिक फोरमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने भएको छ। कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको हो। यो खबर आजको नयाँ पत्रिका दैनिकमा छापिएको छ। बैठकमा अधिकांश नेताहरुले मन्त्री हेरफेर गर्न माग गरेका…