३५ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक, ब्याजदर बोलकबोलबाट

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले

सम्बन्धित सामग्री

१३ अर्बको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक - NepaliPatra

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज रू १३ अर्ब १० करोड बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । आठ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८–ग’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । यो ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा सर्वसाधारण नागरिकले खरिद गर्न पाउनेछन् […]

विकास ऋणपत्रको ब्याजदर नियन्त्रण गर्दै राष्ट्र बैंक

काठमाडौं। बैंक, वित्तीय संस्थाहरूले बढी ब्याजदर माग गरेपछि नेपाल राष्ट्र बैंकले तोकिएको दरभन्दा बढीमा ऋणपत्र विक्री गर्न अस्वीकार गरेको छ । राष्ट्र बैंकले आइतवार १० अर्ब रुपैयाँ बराबरको ६ वर्षे अवधिको विकास ऋणपत्रका लागि बोलकबोल गरेको थियो । ऋणपत्रका लागि राष्ट्र बैंकले ७ प्रतिशत ब्याजदर तोके पनि बैंकहरूले त्यसभन्दा बढीमा बोलकबोल गरेपछि कम ब्याजदरको आवेदकलाई मात्र विक्री गरेको हो ।  बैंकहरूले २४ अर्ब ४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्रका लागि आवेदन गरेका थिए । तर, राष्ट्र बैंकले ‘कट अफ रेट’भन्दा बढीमा विक्री नगर्दा ६ अर्ब ८० करोड रुपैयाँ बराबरको मात्र बाँडफाँट भएको छ ।  यसअघि भदौ १ गते पनि केन्द्रीय बैंकले ५ अर्ब ८४ करोड रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गरेको थियो । उक्त ऋणपत्रमा बैंकहरुले उच्च ब्याजदर बोलकबोल गरेपछि केन्द्रीय बैंकले त्यसको बाँडफाँट रद्द गरेको थियो । बैंकहरूले भदौको लागि निक्षेपको ब्याजदर बढाएपछि सरकारी ऋणपत्रको पनि ब्याजदर बढाउन खोजेका थिए । त्यसलाई नियन्त्रण गर्न केन्द्रीय बैंकले बढी ब्याजदरमा ऋणपत्र विक्री नगरेको राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागका एक अधिकारीले बताए ।  केन्द्रीय बैंकले चालू आर्थिक वर्षको शुरूमा साउन १९ गते र साउन २९ गते १०/१० अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल गरेको थियो । साउन १९ गते जारी भएको ६ वर्षे ऋणपत्रमा ६ दशमलव ५ प्रतिशत ब्याजदर कायम गर्दा ४ अर्ब १६ करोडको मात्र ऋणपत्र बाँडफाँट भएको थियो । यस्तै साउन २९ गते निष्कासन भएको विकास ऋणपत्रमा ७ प्रतिशत ब्याजदर कायम गर्दा ६ खर्ब ९० अर्बको मात्र विक्री भएको थियो ।  गत आर्थिक वर्षमा सरकारले १० दशमलव ९३ प्रतिशतसम्म ब्याजदरमा ऋणपत्र जारी गर्दा औसत ब्याजदर ८ दशमलव ६४ प्रतिशत कायम भएको थियो । चालू आर्थिक वर्षमा भने ऋणपत्रको औसत ब्याजदर ६ दशमलव ८८ प्रतिशत मात्र छ । यसैगरी गत वर्ष १२ प्रतिशत नाघेको ट्रेजरीको ब्याजदर चालू आर्थिक वर्षमा ६ प्रतिशत हाराहारीमा रहेको छ । बैंकहरूमा तरलता अवस्था सहज भए पनि ऋण लगानी नगर्दा ब्याजदर घटिरहेको छ ।

१० अर्ब बराबरको विकास ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

असार ७, काठमाडौं । नेपाल राष्ट्र बैंकले रू. १० अर्ब बरावरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ ।  बैंकले ६ वर्ष अवधिको विकास ऋणपत्र २०८४ (च) नामको ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्रमा अर्धवार्षिक रुपमा ब्याज भुक्तानी हुनेछ ।   उक्त ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैर बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरीद गर्न सक्नेछन् ।  खरीदकर्ताले राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनु पर्नेछ । उक्त ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुनेछ । यस ऋणपत्र धितो राखी कर्जा लिन र दिन पाइने बैंकले जानकारी गराएको छ । ऋणपत्रको बोलकबोल मंगलवार ३ बजेसम्म हुनेछ ।  असार ९ गते निष्कासन भएर उक्त ऋणपत्रको साँवा २०८४ साल असार ९ गते भुक्तानी हुनेछ  । इच्छुक खरीदकर्ता प्रतिष्पर्धी र अप्रतिस्पर्धी रुपमा सहभागि हुन सक्नेछन् ।

३० अर्बको विकास ऋणपत्र निष्कासन आज

नेपाल राष्ट्र बैंकले बिहीबार ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले सरकारलाई आवश्यक परेपछि ३० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको हो । कोरोना भाइरसको संक्रमण रोकथामका लागि सरकारलाई पैसा आवश्यक भएपछि विकास ऋणपत्रमार्फत पैसा संकलन गर्न लागेको छ । राष्ट्र बैंक केही दिनअघि मात्र बैंक तथा वित्तीय संस्थाको नगद सञ्चिति अनुपात र वैधानिक तरलता अनुपालाई एक प्रतिशतका दरले घटएको थियो । केन्द्रीय बैंकले घटाएको यो दरले सरकारले अन्तरिक ऋण धेरै उठाउन सक्ने बैंकहरुले बताउँदै आएका थिए । सोही अनुसार सरकारले विकास ऋणपत्र तथा टे«जरी