नेपालले मंगलबार रातिदेखि मर्स्याङ्दी जलविद्युत् आयोजनाको बिजुली पनि भारतमा बेच्न थालेको छ । मर्स्याङ्दीसहित विभिन्न ४ वटा आयोजनाबाट ५६ सय मेगावाट आवर (करिब २ सय ३४ मेगावाट) बिजुली भारतमा बेचिरहेको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता सुरेश भट्टराइले जानकारी दिए ।