लुम्बिनी प्रदेशसभाको अधिवेशन गत रातिबाट अन्त्य भएको छ । लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने भएपछि मध्यराति अधिवेशन अन्त्य गरिएको हो । बजेटका सम्बन्धमा सबै प्रक्रिया पुरा गरेर मतदान प्रक्रियामा जाने बेलामा हिजो बिहीबार बहिस्कार गर्दै प्रदेशसभाबाट बाहिरिएका मुख्य मन्त्री शङ्कर पोखरेलले मध्यरातमा प्रदेश प्रमुख मार्फत प्रदेशसभाको आठौँ अधिवेशनको अन्त्य गराएका छन् ।हिजो मुख्यमन्त्रीको जवाफी भाषण सकिए लगत्तै प्रदेशसभामा सत्तापक्ष एमालेका प्रमुख