काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले गठबन्धनभित्र ठूलो दलको हैसियतले कांग्रेसले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन्।शनिबार बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रवक्ता महतले संसद र गठबन्धनभित्र ठूलो दलको नाताले आफूहरूले सरकारको नेतृत्व गर्ने बताएका हुन्। ‘कांग्रेस संसदमा सबैभन्दा ठूलो दल हो। गठबन्धनमा पनि फराकिलो अन्तरले ठूलो दलको हैसियत हाम्रो छ। त्यसकारण नेपाली कांग्रेस प्रधानमन्त्री हुने हैसियतले नेपाली जनताले लिन्छन् भन्ने दृष्टिकोण छ। यो स्वाभाव