नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा अझै औपचारिक विभाजन आइसकेको छैन। प्रतिनिधि सभा विघटनसँगै राजनीतिक रुपमा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड-माधव नेपाल समूहमा विभाजित भएका नेकपाका नेताहरुले कित्ता क्लियर गरिसकेका छन्। उपाध्यक्ष वामदेव गौतम बाहेकका अधिकांश नेता आआफ्नो समूहको रणनीति बनाउन व्यस्त छन्। कतिपय पूर्व माओवादीका नेताले प्रधानमन्त्री