पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत जाजरकोटको छेडागाड नगरपालिकाको थलहदेखि जेवासम्मको सडक पिच गर्ने कार्य सम्पन्न भएलगत्तै भत्कने क्रम पनि सुरु भएको छ । १३ किलोमिटर सडक खण्ड निर्माणको जिम्मेवारी लिएको लामा पीएस कन्स्ट्रक्सन जेभी काठमाडौंले भत्किएको सडक मर्मत नगर्ने भन्दै स्थानीयबासीलाई धमक्याउने काम गरिरहेको छेडागाड नगरपालिका–५ की विष्णु चदाराले बताइन् । उनले भनिन्, “सडक भत्किँदा मेरो घरलाई […]