प्रहरी दिवसमा तीन डीएसपी पुरस्कृत

प्रहरी प्रधान कार्यालयले ६७ औँ प्रहरी दिवसको अवसरमा तीनजना डीएसपीहरुलाई पुरस्कृत गरेको छ । आईजीपी धिरजप्रताप सिंहले डीएसपीहरु अंगुर जिसी, रुगम कुँवर र अनिल घिमिरेलाई पुरस्कार प्रदान गरेका हुन् ।कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेको मूल्याङ्कन गरेर डीएसपी अंगुर जिसीलाई पुरस्कृत गरिएको छ । आन्तरिक तर्फ उत्कृष्ट कार्यालय व्यवस्थापन गरेका जिसी प्रहरी वृत्त महाराजगञ्जका इन्चार्ज हुन् ।डीएसपी रुगम कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । ईल

सम्बन्धित सामग्री

प्रहरी दिवस : डीएसपी साह पुरस्कृत

दैलेख– जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) भुवनेश्वरप्रसाद साह पुरस्कृत भएका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालयबाट उनलाई पुरस्कृत गरिएको हो । सोमबार दैलेखमा प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा उनलाई पुरस्कार प्रदान गरिएको हो । ६७औँ प्रहरी दिवसमा आयोजित कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिमबहादुर शाहीले डीएसपी साहलाई पुरस्कार […]