राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डा. विनोद सिंहलाई एमालेका कार्यकर्ताले कालोमोसो दलेका छन्। एमालेको भातृसंगठन अनेरास्ववियु दाङका अध्यक्ष सर्जन परियारको नेतृत्वको गएको ३÷४ जनाको समूहले शुक्रबार पौने २ बजे मेसुको कार्यकक्षमै कालोमोसो दलेको जिल्ला प्रहरी कार्यालय दाङका सुरेश काफ्लेले जानकारी दिए । अस्पतालका प्रमुख सिंहसँग चेकजाच गर्नुपर्ने बिषयमा बिबाद गरेर परियारको समुहले उनलाई कालोमोसो दल्नुका साथै दुर्ब्यबहार गरेको एसपी काफ्लेले बताए । परियारले अस्