विराटनगरबाट थप १० जना विचौलिया पक्राउ

मोरङ । मोरङको विराटनगरबाट प्रहरीले विचौलियामा संलग्न थप १० जनालाई भदौ ८ पक्राउ गरेको छ । पक्राउ पर्नेमा दुहवी का ५४ बर्षीय श्रीराम चौधरी, सिरहा– २ का २० बर्षीय सुर्य नारायण यादव, मोरङ कटहरी– ३ का ४२ बर्षीय मो. जलिद, विराटनगर– ७ का १८ बर्षीय विश्वास मण्डल विराटनगर– १४ का २३ बर्षीय रोशन गुप्ता, विराटनगर– ४ का १९ बर्षीय सुजित यादव त्यस्तै गरी विराटनगर– ५ का २२ बर्षीय फिरोज रोय, २१ बर्षीय समिर खान, १८ बर्षीय सरोज खान र विराटनगर– ३ का १८ बर्षीय अमित यादव रहेका छन् ।

सम्बन्धित सामग्री

बल्खुको सुमो काउन्टरबाट १० जना विचौलिया पक्राउ

काठमाडौंको बल्खुस्थित टाटासुमो काउण्टरबाट प्रहरीले १० जना विचौलियालाई पक्राउ गरेको छ । यात्रुलाई बढी भाडा लिएको र हैरानी गरेको आरोपमा १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सिन्धुली घर भएका ३० वर्षीय हरिबहादुर पाण्डे, उदयपुरका २२ वर्षीय संजय तामाङ, भारतीय नागरिक २९ वर्षीय राकेशकुमार श्रीवास्तव, कैलाली घर भएका २१ वर्षीय राजु थापा र रौतहट घर भएका २९ वर्षीय आकाश तामाङ छन् । त्यस्तै, पर्साको वीरगञ्ज घर भएका ३५ वर्षीय

अस्पतालको गेटमा विचौलिया, कोसी र नोबेलबाट १० जना पक्राउ

९ भदौ, विराटनगर । उपचारका लागि अस्पताल आएका बिरामीलाई झुक्याएर क्लिनिकमा लैजाने १० जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ । कोसी अस्पताल र नोबेल मेडिकल कलेज परिसरबाट १० जनालाई पक्राउ गरेको हो । नोबेलबाट सात र कोसी अस्पतालबाट तीन जनालाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी दीपक श्रेष्ठले बताए । पक्राउ पर्नेमा विराटनगरको […]