काठमाडौं । संघीय संसदका दुबै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । बुधबार अपरान्ह ४ बजे दुबै सदनको बैठक बस्न लागेको हो । आज बस्ने बैठकका लागि संसद सचिवालयले ३२ बुँदे सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।बैठकमा सभामुख अग्नि सापकोटाले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, गृहमन्त्री बालकृष्ण खाँणले राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश–२०७८ सदनमा पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।बुधबारको बैठकका लागि संघीय संसद सचिवालयले जारी गरे