काठमाण्डाै - नेपाली चलचित्र ‘परस्त्री’ आजदेखि नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ ।
प्रायः शुक्रवार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आजै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । 'हामीले आजैदेखि प्रदर्शनमा ल्याउने निर्णय गरेका हौँ । नेपालमा नेपाली र भारतमा हिन्दी भाषामा चलचित्र प्रदर्शन भइरहेको छ', उनले भने ।
चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपाने...