प्रतिनिधि सभा बैठक बस्दै : बेपत्ता पारिएका व्यक्तिको छानबिनसम्बन्धी विधेयक प्रस्तुत हुँदै

काठमाण्डाै - आजको प्रतिनिधि सभा बैठकमा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रस्तुत हुने भएको छ । बिहान १० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला) ले यो विधेयक प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । यस्तै, बैठकमा “बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्रेम सुवालले प्रस्तुत गर्नुभएको विरोधको सूचनाला...