अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत रहँदा सुन तस्करसँग मिलेको आरोप लागेका एसएसपी श्याम बहादुर खत्री दुईपटक पक्राउ परे । २०७३ माघ २३ मा ३४ किलो सुन र २०७५ जेठमा ३३ किलो सुन प्रकरणमा उनी मुछिए । पहिलो मुद्दाबाट सफाइ पाएर जागिरमा फेरि फर्किएका खत्रीले दोस्रो पटक भने जेलमै अवकाश पाए । केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौंको पिंगलास्थानबाट बरामद गरेको सुनमा नाम जोडिएपछि उनी २०७३ माघमा पक्राउ परेका थिए । सो मुद्दामा साधारण तारेखमा छुटेपछि प्रहरी प्रधान कार्यालयमा हाजिर भएका खत्रीको नाम फेरि चूडाम